Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • स्रोत नखुलेको १६ लाखसहित एकजना पक्राउ

    स्रोत नखुलेको १६ लाखसहित एकजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २० साउन २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित कपिलवस्तुबाट एक जनालाई पक्राउ गरेको छ ।

    एपीएफ नेपालको टोलीले कपिलवस्तुको मायादेवी गाँउपालिका ४ स्थित सीमा ईलाकाबाट स्रोत नखुलेको १६ लाख नगद रुपैयाँ सहित मायादेवी गाँउपालिका–१ बस्ने बिनोद सोनारलाई पक्राउ गरेको हो।



    भारतबाट नेपालतर्फ आउँदै गरेका सोनारलाई जाँच गर्दा उनको साथमा रकम फेला परेको र उक्त रुपैयाँको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्रले पक्राउ परेका सोनारलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार