Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दक्षिण कोरियामा भिषण वर्षा, १३ जनाको मृत्यु १३ जना बेपत्ता

एजेन्सी । दक्षिण कोरियामा पछिल्लाे चार दिनदेखि परेकाे भिषण वर्षाका कारण मंगलबारसम्म १३ जनाको मृत्यु भएको छ । १३ जना बेपत्ता भएका छन् ।

केन्द्रीय विपद् निकायका अनुसार कोरियाको मध्य क्षेत्रमा अगष्ट १ देखि निरन्तर भइरहेको वर्षाले जनधनको ठूलो क्षति भएको हो । भारी वर्षाबाट राजधानी सियोल र वरपरका क्षेत्र व्यापक प्रभावित भएका छन् ।

उत्तरी चुङचियोङ प्रान्तका ५५५ परिवार समेत एक हजार २५ जनालाई सुरक्षित स्थलमा सारिएको छ । करिब ५ हजार ७५१ हेक्टर जमिन डुबानमा परेको छ भने निजी तथा सरकारी सम्पत्तिमा क्षति पुगेको छ ।

वर्षा प्रभावित मानिसको उद्धार एवं राहतका लागि २५ हजारभन्दा बढी प्रहरी, स्वयंसेवी र अन्य उद्धारकर्मी परिचालन गरिएको सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077