Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दक्षिण कोरियामा भिषण वर्षा, १३ जनाको मृत्यु १३ जना बेपत्ता

    दक्षिण कोरियामा भिषण वर्षा, १३ जनाको मृत्यु १३ जना बेपत्ता

    अनलाइन नेपाल
  • मंगलबार, २० साउन २०७७
  • 2.8K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । दक्षिण कोरियामा पछिल्लाे चार दिनदेखि परेकाे भिषण वर्षाका कारण मंगलबारसम्म १३ जनाको मृत्यु भएको छ । १३ जना बेपत्ता भएका छन् ।

    केन्द्रीय विपद् निकायका अनुसार कोरियाको मध्य क्षेत्रमा अगष्ट १ देखि निरन्तर भइरहेको वर्षाले जनधनको ठूलो क्षति भएको हो । भारी वर्षाबाट राजधानी सियोल र वरपरका क्षेत्र व्यापक प्रभावित भएका छन् ।



    उत्तरी चुङचियोङ प्रान्तका ५५५ परिवार समेत एक हजार २५ जनालाई सुरक्षित स्थलमा सारिएको छ । करिब ५ हजार ७५१ हेक्टर जमिन डुबानमा परेको छ भने निजी तथा सरकारी सम्पत्तिमा क्षति पुगेको छ ।



    वर्षा प्रभावित मानिसको उद्धार एवं राहतका लागि २५ हजारभन्दा बढी प्रहरी, स्वयंसेवी र अन्य उद्धारकर्मी परिचालन गरिएको सरकारले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार