Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोरोना त्रास बढेको भन्दै सिंहदरबार प्रवेशमा राेक

काठमाडाैँ । सरकारले कोरोना त्रास बढेको भन्दै सिंहदरबार प्रवेशमा राक लगाइएकाे छ। सिंहदरबार प्रवेशका लागि जारी गरिने सबै पास समेत रद्द गरिएकाे छ।

गृह मन्त्रालयले भीडभाडका कारण कोरोना त्रास बढेको भन्दै सर्वसाधारणका लागि सिंहदरबारभित्रका विभिन्न कार्यालयले जारी गर्ने गेटपास वितरण बन्द गरिएको जनाएको छ ।

गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार अर्को सूचना जारी नभएसम्म अब पत्रकारसहित सबैका लागि सिंहदरबारमा प्रवेश निषेध गरिएको छ ।

मुख्यसचिवको निर्देशनअनुसार सिंहदरबारभित्र कार्यरत कर्मचारीबाहेक सबैलाई प्रवेशमा रोक लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077