Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कांग्रेसमा बलियो गुट बनाउँदै नेता सिटौला

    कांग्रेसमा बलियो गुट बनाउँदै नेता सिटौला

    अनलाइन नेपाल
  • बिहिबार, २२ साउन २०७७
  • 3.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी फागनु महिनामा हुने दाबी गरिएको छ । जसले जे भने पनि कोरानाका कारण कांग्रेसको महाधिवेशन फागुनमा हुने कुनै सम्भावना छैन ।

    सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला सबैलाई यो कुरा राम्रोसँग जानकारी छ । देउवाले धमाधम विभागहरू गठन गरेर आफ्ना नेता तथा कार्यकर्ताहरूलाई संरक्षण गर्न लागेपछि आत्तिएको पौडेल–कोइराला समूहले बखेडा झिकेको छ । कोरोनाले दैनिक सरह ज्यान गइरहेका बेला कांग्रेसको महाधिवेशन हुन्छ भन्ने कुरा कसैले पनि पत्याएका छैनन् ।



    देउवालाई असफल बनाउन पौडेल–कोइराला समूहले विभाग गठनमा अबरोध गरेका हुन् । उनीहरूलाई देउवाले ४० प्रतिशत भाग पनि दिएका छन् । पौडेल–कोइराला समूहभित्रै भाग नमिलेपछि उनीहरू विरोधमा उत्रिएका हुन् । त्यति मात्रै होइन आफ्ना नेता तथा कार्यकर्ता रोकथाम गर्न पनि विभागलाई बहिस्कार गर्ने कोइराला–पौडेलको नीति छ ।



    त्यो नीतिले धेरै काम गर्नेवाला छैन । कोइराला–पौडेलका कार्यकर्ताहरू देउवातिर लाग्ने पक्का छ । कोइराला–पौडेलको पछाडि लागेर सधैं जीवन विताएका कार्यकर्ताहरूलाई विभागमा अवसर दिने बेला बहिस्कार गरेपछि तनाब हुनु स्वभाविक हो । यस्तो अवस्थामा उनीहरू जहाँ अवसर पाउँछन् त्यतै लाग्छन् । कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्–‘कांग्रेस भनेको पौडेल–कोइरालाको बिर्ता होइन ।’

    देउवाको पनि कमीकमजोरी छन् । देउवालाई ती कमीकमजोरीबाट निकालेर सहिबाटोमा लैजाने बेला पौडेल–कोइराला समूह आफ्नो व्यक्तिगत स्वार्थमा लागेको छ ।

    बरु नेता कृष्णप्रसाद सिटौलाले आफूलाई अब्बल नेताका रुपमा स्थापित गर्ने प्रयास गरेका छन् । उनले विभागहरूमा आफूले पाएको भागमा कार्यकर्ताहरू धमाधम हाल्न थालेका छन् । राजनीति आफूलाई भन्दा पनि अरुका लागि गर्ने हो । अबसर आउँदा अबरोध गर्ने कार्य सिटौलाले गरेका छैनन् । त्यहि कारण पौडेल–कोइराला समूहभन्दा पनि सिटौला समूह पछिल्लो समय बलियो बनेर आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार