Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कोशीमा गठबन्धनबाट फ्लोर क्रस, पछि परे सिटौला

    कोशीमा गठबन्धनबाट फ्लोर क्रस, पछि परे सिटौला

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 1.1K
    SHARES

    विराटनगर । कोशी प्रदेशमा प्रदेशसभातर्फको मतगणना सकिएको छ । पुरुष क्लस्टरमा भएको निर्वाचनको मत गणनाअनुसार राप्रपाका उद्धव पौडेलले प्रारम्भिक मतगणनामा अग्रता बनाएका छन् ।

    ९३ प्रदेशसभा सदस्यको मतगणना हुँदा काङ्ग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलाले ४५ मत पाए भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए ।



    प्रदेशसभा तर्फ महिलामा एमालेकी रुक्मिणी कोइरालाले ४९ र माओवादीकी चम्पा कार्कीले ४४ मत पाएका थिए ।



    महिलातर्फ मतगणना सकिएको छ र एमाले उम्मेदवार कोइराला निर्वाचित भइसकेकी छन् ।

    राष्ट्रियसभा चुनावमा सहकार्य गरेका एमाले र राप्रपाका गरी कोशी प्रदेशसभामा ४६ सांसद छन् । सत्ता गठबन्धनमा भने ४७ सांसद छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार