Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • राष्ट्रियसभा निर्वाचन : बागमतीबाट सत्ता गठबन्धनका चारै उम्मेदवार विजयी

    राष्ट्रियसभा निर्वाचन : बागमतीबाट सत्ता गठबन्धनका चारै उम्मेदवार विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 462
    SHARES

    काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशबाट सत्ता गठबन्धनका चारै जना उम्मेदवार विजयी भएका छन्। महिला र दलित, अल्पसंख्यक तथा अपांगता र अन्य क्लष्टरतर्फ सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका हुन्।

    हेटौंडामा सम्पन्न मतगणना अनुसार गठबन्धको तर्फबाट नेपाली कांग्रेसका २ जना, नेकपा माओवादी केन्द्रका एक र नेकपा एकीकृत समाजवादीका एकजना उम्मेदवार बिजयी भए।



    बिजयी हुनेहरुमा कांग्रेसका जितजङ्ग बस्नेत र विष्णुकुमारी पुडासैनी रहेका छ्न भने माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र समाजवादीका घनश्याम रिजाल रहेका छन् ।



    बिजयी महिला तर्फकी कांग्रेसकी पुडासैनीले ६६२२ मत प्राप्त गर्दा अन्यका उम्मेदवार कांग्रेसका बस्नेतले ६५३१ मत प्राप्त गरे । बिजयी दलित तर्फका समाजवादीका रिजालले ६५१२ मत प्राप्त गर्दा अपाङ्ग्ता तर्फ माओवादी केन्द्रका अधिकारीले ६३८३ मत प्राप्त गरे ।

    हेटौंडामा सम्पन्न मतदानमा कुल ३४७ मतदाता मध्य ३४२ जनाले मात्र मतदानमा भाग लिएका थिए । स्थानीय तहका २३७ जनामा २३४ जनाले मतदान गरेका छन भने ११० प्रदेशसभा सदस्यमध्ये १०८ जना प्रदेश सभाका सदस्यहरुले मतदान गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार