Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राष्ट्रियसभामा निर्वाचित भएपछि कोइराला निवासमा सिटौला

    राष्ट्रियसभामा निर्वाचित भएपछि कोइराला निवासमा सिटौला

    अनलाइन नेपाल
  • शुक्रबार, १२ माघ २०८०
  • 588
    SHARES

    विराटनगर। राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेता शेखर कोइराला निवासमा पुगेका छन् ।

    सिटौला विराटनगरस्थित कोइराला निवास पुगेका हुन् । प्रतिनिधिसभामा दुई पटक पराजित सिटौला कोशीबाट राष्ट्रियसभामा उम्मेदवार बनेसँगै चर्चामा आएका थिए ।



    गठबन्धनमा फ्लोर क्रस हुँदा पनि सिटौलाले एमाले-राप्रपाको गठबन्धनका उम्मेदवार उद्धव पौडेललाई पराजित गरेका थिए।



    सिटौलालाई राष्ट्रियसभाको सम्भावित अध्यक्षको रुपमा पनि हेरिएको छ ।

    इतर पक्षको नेतृत्व गरिरहेका कोइरालाले पनि सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउनुपर्ने सार्वजनिक रुपमा बताउँदै आएका छन् ।

    तर, कोशीमै महिलातर्फ एमालेकी रुक्मिणी कोइरालाले जितेपछि गठबन्धनभित्र असन्तुष्टि बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार