Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राष्ट्रियसभाका लागि कृष्णप्रसाद सिटौलाले गरे मनोनयन दर्ता

    राष्ट्रियसभाका लागि कृष्णप्रसाद सिटौलाले गरे मनोनयन दर्ता

    अनलाइन नेपाल
  • सोमबार, २३ पुष २०८०
  • 423
    SHARES

    विराटनगर । राष्ट्रियसभा चुनावका लागि नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशमा मनोनयन दर्ता गरेका छन्।

    सोमबार सिटौलाले विराटनगर पुगेर राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन्।



    सिटौलाको प्रस्तावकमा प्रदिप सुनुवार र समर्थक हिमाल कार्की रहेका छन्।



    सत्ता गठबन्धनले कोशी प्रदेशबाट खाली हुने राष्ट्रिय सभा सदस्यमा कांग्रेस र माओवादीले पाउने गरी भागबण्डा गरेको थियो ।

    जस अनुसार नेकपा माओवादी केन्द्रकी चम्पा कार्कीले पनि सिटौला लगत्तै मनोनयन दर्ता गरेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार