Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • वीरगञ्जमा प्रहरी र कैदीहरुमा बढ्दै कोरोना संक्रमण

    वीरगञ्जमा प्रहरी र कैदीहरुमा बढ्दै कोरोना संक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, २३ साउन २०७७
  • 4.6K
    SHARES

    पर्सा। नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा पर्सामा सेना, प्रहरी, कैदी र स्वास्थ्यकर्मीसहित  १४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४४ जना प्रहरीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।



    तराई अस्पतालका १, पशु अस्पतालका १, सेनाका ५, कारागारका २, नेशनल मेडिकल कलेजका १ जनामा पनि संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।



    संक्रमितहरु वीरगञ्जका चिनीमिल, श्रीपुर, तेजारथ टोल, गण्डक बहुअरी, मुर्ली, भिस्वा, घडिअर्वा, सबैठवा, पिपरा, रानीघाट, खल्वाटोला श्रीसिया, छपकैया, प्रतिमा चौक, पृथ्वीनगर, गणेश चौक, आदर्शनगर, अलौं, फुलबारी टोल, अशोक वाटिका, भवानीपुर, चण्डाल चौक टोलका रहेका छन्। खल्वाटोला श्रीसियाबाट २२ जना संक्रमित थपिएका छन् भने  पर्सागढी नगरपालिकाका २ जनामा पनि कोरोना देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार