Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

    पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २३ साउन २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट शुक्रबार काठमाडौंमा थप दुई जनाको मृत्यु भएको छ । पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको मृत्यु भएको हो ।

    कुकुरले टोकेर साउन १९ गते अस्पतालको आईसीयूमा भर्ना भएका सर्लाहीका ४५ वर्षीय पुरुषलाई इन्सेफ्लाटिसको समेत उपचार भइरहेको थियो । उनको शुक्रबार विहान ८ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।



    यस्तै रुपन्देही, सुनौलीकी ४१ वर्षीया महिलालाई पनि १९ गते नै अस्पताल भर्ना भएकी थिइन् । पाठेघरको क्यान्सर र निमोनियाको विरामी उनको उपचारका क्रममा ११ बजेतिर मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार