Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • डेढ करोडको चेकसहित विद्युत प्राधिकरणका उप-प्रबन्धक अख्तियारको फन्दामा

    डेढ करोडको चेकसहित विद्युत प्राधिकरणका उप-प्रबन्धक अख्तियारको फन्दामा

    अनलाइन नेपाल
  • शनिबार, २४ साउन २०७७
  • 3.5K
    SHARES

    काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल विद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालय प्रमुख  रितेश गुप्तालाई एक करोड २४ लाख ९१ हजारको चेकसहित पक्राउ गरेको छ ।

    उप-प्रबन्धक (नवौं तह) गुप्ताले  भुक्तानीका लागि आवश्यक पर्ने कागजात स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानी दिन भनी पहिले नै चेक काटी उक्त चेक लिएर काठमाडौं आउँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।



    गुप्तालाई हस्ताक्षर भैसकेका कार्यालयका चेक तथा स्वीकृत भैनसकेका सोही चेकसँग सम्बन्धित कागजातसमेत लिएर काठमाडौं जाने क्रममा सिन्धुली, कमलामाई नगरपालिका– ९ बाट पक्राउ अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले वताए ।



    गुप्तामाथि बरामद चेक  तथा कागजातसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले वताए ।

    यस्तो छ अख्तियारको प्रेस विज्ञप्ति :

    नेपाल बिद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालय प्रमुख उप-प्रबन्धक (नवौं तह) रितेश गुप्ताले भुक्तानीका लागि आवश्यक पर्ने कागजातहरु स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित बिभिन्न योजनाहरुको भुक्तानी (पार्टी पेमेन्ट) दिन भनी पहिले नै चेक काटी उक्त चेकहरु लिएर काठमाण्डौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज रितेश गुप्तालाई शंकास्पद रुपमा रु.१,२४,९१,१४५।२० (एक करोड चौबीस लाख एकानब्बे हजार एक सय पैंतालीस रुपैयाँ बीस पैसा) बराबरको हस्ताक्षर भैसकेका कार्यालयका चेकहरु तथा स्वीकृत भैनसकेका सोही चेकहरुसँग सम्बन्धित कागजातहरुसमेत लिएर काठमाडौं जाने क्रममा जिल्ला सिन्धुली, कमलामाई नगरपालिका वडा नं.९ बाट उक्त कार्यालयका चेकहरु तथा सो सँग सम्बन्धित कागजातहरु सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

    मिति २०७७।०४।२४ गते।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार