Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गौतम बुद्धकाे बारेमा भारतीय विदेशमन्त्रीले झुठ बाेले (भिडियोसहित)

काठमाडाैँ । भारतीय विदेशमन्त्री एस जयशंकरले झुठाे अभिव्यक्ति दिएका छन्। जयशंकरले गौतम बुद्ध भारतीय भएको दाबी गर्दै झुठाे अभिव्यक्ति दिएका हुन्। उद्योग निकाय सिआइआइले आयोजना गरेको भर्चुयल इभेन्ट ‘इण्डिया एट सेभेन्टिफाइव समिट’लाई सम्बोधन गर्दै उनले गौतम बुद्ध भारतीय भएको दावी गरेका हुन् ।

उनले सम्बोधनका क्रममा भनेका छन्,‘को हुन् दुई महान इण्डियन, तपाईलाई सधै याद आउछ । म भन्छु एक गौतम बुद्ध अर्को महात्मा गान्धी । यी महान् इण्डियनलाई तपाई र म मात्र होइन सारा विश्वले सम्झन्छ ।’

उनले गौतम बुद्धलाई भारतीय भनेर सारा विश्वसामु सफेद झुट बोलेका हुन् । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गौतम बुद्धका विषयमा यस्तै प्रचार गरेका थिए ।

[video width="640" height="360" mp4="https://media.sobizcdn.com/onlinenepal.com/media-file/images/2020/08/s-vshankar.mp4"][/video]

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077