Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जन्मभूमिबारे भारतकाे प्रष्टिकरण : बुद्ध नेपालकाे लुम्बिनीमै जन्मिएका हुन्, कुनै शंका छैन

काठमाडौं । भारतले गौतम बुद्ध नेपालमै जन्मिएको स्पष्टिकरण दिएको छ । भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्धलाई भारतीय भनेर चिनिने बताएपछि त्यसको विरोध भएको थियो ।

भारतीय विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्री जयशंकरको अभिव्यक्ति सच्याउँदै बुद्धको जन्म नेपालमा भएको विषयमा कुनै शंका नरहेको बताएको हो । ‘हिजो विदेशमन्त्रीको टिप्पणी हाम्रो साझा बुद्धिस्ट सम्पदाको विषयमा थियो’, विज्ञप्तिमा भनिएको छ, ‘यसमा कुनै शंका छैन कि गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, जुन नेपालमा पर्छ ।’

जयशंकरले एक सम्मेलनमा बुद्ध भारतीय भएको बताएपछि यसको नेपालमा चर्को विरोध भएको छ। नेपाल सरकारले गौतम बुद्ध भारतमा जन्मिएको भनी भारतीय विदेशमन्त्री जयशंकरको अभिव्यक्तिप्रति औपचारिक रुपमा खण्डन गरेको थियो। परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै विदेशमन्त्री जयशंकरको उक्त भनाइको खण्डन गरेको थियो। गौतम बुद्ध नेपालमा जन्मिएको भन्‍ने तथ्य निर्विवाद र स्थापित रहेको उल्लेख गर्दै मन्‍त्रालयको विज्ञप्तीमा भनिएको थियो, ‘ऐतिहासिक तथा पुरातात्त्विक प्रमाणहरूबाट गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको भन्ने स्थापित भइसकेको छ र यो तथ्य निर्विवाद छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077