Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ललितपुरको किस्ट अस्पतालमा ५० वर्षीय पुरुषकाे काेराेना संक्रमणबाट मृत्यु

    ललितपुरको किस्ट अस्पतालमा ५० वर्षीय पुरुषकाे काेराेना संक्रमणबाट मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २६ साउन २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । काभ्रे पाँचखालका एक पुरुष निमोनियाको उपचार गराउन आइतबार दिउँसो १ बजे अस्पताल पुगेका थिए ।

    निमोनियाको उपचार गराउन आउँदा शंका लागेर उनको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको थियो । आईसीयूमा उपचाररत हुँदा सोमबार विहान उनको मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले जानकारी दिए ।



    मृतक पुरूषमा निमोनियका साथै छातीको पनि समस्या देखिएको थियो । उनको आज दिउँसो ४ बजे पछिमात्रै पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । नेपाली सेनाले उनको शव व्यवस्थापनको तयारी थालेको अस्पतालले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार