Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

लगानी बोर्ड सीईओ भट्टलाई साउन मसान्तसम्म कामकाज नगर्न उच्च अदालतको आदेश

काठमाडाैं । उच्च अदालत पाटनले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई तत्काल कामकाज गर्न रोक लगाएको छ। साउन २६ गते दर्ता रिटमा आज मुख्य न्यायाधीश नहकुल सुवेदीकाे इजलासले लगानी बोर्डको सीईओ नियुक्त भएका भट्टको योग्यता नपुग्ने दाबी गर्दै साउन ३२ सम्म कामकाज गर्न रोक लगाउने आदेश गरेको हो।

अधिवक्ता जयबहादुर भुजेलले रिट दायर गर्दै अन्तरिम आदेशसमेत जारी गरेर भट्टलाई कामकाज गर्न रोक लगाउन माग गरेका थिए। तर, उच्च अदालतले आज अल्पकालीन अन्तरिम आदेश मात्रै दियो।

उच्च अदालत पाटनका प्रवक्ता शम्भुप्रसाद रेग्मीका अनुसार अदालतले दुवै पक्षका कुरा सुनेर यो अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिनेबारे ३२ साउनमा निर्णय गर्नेछ। त्यसका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077