Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ८३ पुग्यो, आज थप ४ जनाको मृत्यु

    नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ८३ पुग्यो, आज थप ४ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २७ साउन २०७७
  • 3.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ८३ पुगेकाे छ । मंगलबार थप ४ जनाकाे काेराेनाबाट मृत्यु भएकाे पुष्टि भएसँगै मृतककाे संख्या ८३ पुगेकाे स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएकाे छ ।

    नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमले मंगलबार धनुषाका २ जना, काभ्रेका १ जना र सिन्धुपाल्चोकका १ जना काेराेना संक्रमणबाट मृत्यु भएकाे जानकारी दिए ।



    यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा १७१ जना काेराेना संक्रमण मुक्त भएर घर फर्किएका छन् । याेसँगै नेपालमा कोरोना मुक्त भइ घर फर्किनेको संख्या १६ हजार ६६४ पुगेको मन्त्रालयले जनाएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार