Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मोदीलाई गान्धीको चेतावनी, ‘राष्ट्रलाई लुट्न र वातावरण विनाश हुनबाट जोगाउ’

    मोदीलाई गान्धीको चेतावनी, ‘राष्ट्रलाई लुट्न र वातावरण विनाश हुनबाट जोगाउ’

    अनलाइन नेपाल
  • बिहिबार, २९ साउन २०७७
  • 3.7K
    SHARES

    नयाँ दिल्ली। भारतमा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए ) २०२० को ड्राफ्टलाई विपक्षी नेता र कार्यकर्ताहरूले आलोचना गरेका छन्। आम जनताको प्रतिक्रियाका लागि सरकारले यो मस्यौदा पेश गरेको थियो। यसको अंग्रेजी नाम हो ‘वातावरणीय प्रभाव मूल्यांकन’।

    सर्वसाधारणले यस मस्यौदामा आफ्ना सुझाव अगस्त ११ भित्र वातावरण मन्त्रालयमा पठाउन सक्ने वताएको थियो।  यो मस्यौदाको व्यापक विरोध र आलोचना गरिएको छ। बिबिसी हिन्दीका अनुसार विद्यार्थीदेखि  कार्यकर्ता र राजनीतिक दलहरू यसको फिर्तीको माग गर्दै छन्।



    सोमबार, कांग्रेस नेता राहुल गान्धीले ट्वीट गरे। यस ट्वीटको माध्यमबाट उनले इआइआ २०२० को मस्यौदालाई ‘राष्ट्रको रक्षा’ भनेका छन्। राहुल गान्धीले आफ्नो ट्वीटमा लेखेका छन्, ‘ईआईए २०२० को मस्यौदाको उद्देश्य स्पष्ट छ – # लूट अफनेसन। यो अर्को डरलाग्दो उदाहरण हो जुन, भाजपा सरकारले देशका स्रोतहरू लुटेको छ। जुन मोदीका छनौट गरिएका सूट र बुटका ‘मित्र’ को लागि उपर्युक्त छ ।’



    राहुल गान्धीले  ईआईए ड्राफ्ट फिर्ता लिनु लिना माग गरेका छन्। उनले  लूट अफ नेसन र वातावरण विनाश हुनबाट रोकिनु पर्ने माग गरे । ”

    यसअघि आइसा र जेएनयूएसयू लगायतका विद्यार्थी र युवा संगठनहरूले सरकारलाई मस्यौदा फिर्ता लिन माग गरेका छन। विद्यार्थीहरू भन्छन – ‘नयाँ परिवर्तनले वातावरण र समाजलाई गम्भीर खतरामा पार्न सक्छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार