Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

मुख्यमन्त्री गुरुङले गरे मन्त्री र मुख्य सचिवसँग कार्यसम्पादन सम्झौता

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री र प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता गरेका छन् । आर्थिक वर्ष २०७७/७८ का विकास कार्यक्रम कार्यान्वयन गर्ने सन्दर्भमा बिहीबार मुख्यमन्त्री र मन्त्रीहरुबीच सम्झौतापत्र आदानप्रदान गरेका हुन ।

प्रदेश सुशासन ऐनको दफा १८ ले गरेको कार्यसम्पादन सम्झौताको व्यवस्था अनुसार यो सम्झौता भएको गण्डकी प्रदेश मुख्यमन्त्री गुरुङले जानकारी दिए।

मुख्यमन्त्री गुरुङले आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, समाजिका विकास मन्त्री नरदेवी पुन र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापासँग कार्यसम्पादन सम्झौता गरे । मुख्य सचिव विष्णु नेपालसँग पनि सोही सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077