Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • वीरगञ्जको नारायणी अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

    वीरगञ्जको नारायणी अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २९ साउन २०७७
  • 3.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बिहीबार बारामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । आईसीयूमा उपचाररत बारा सिमरा घर भएका ५० वर्षीय एक पुरुष र बारा पर्सौनी गाउँपालिकाका ६५ वर्षका अर्का एक पुरुषको मृत्यु आज बिहान मृत्यु भएको नारायणी अस्पताल वीरगञ्जका डा. उदय नारायण सिंहले जानकारी दिए ।

    डा सिंहका अनुसार ५० वर्षका पुरुष मधुमेह र उच्च रक्तचापको समस्या थियो । ज्वरो,खोकी र श्वासप्रश्वास समस्या भएका उनी हिजो दिउँसो नारायणी अस्पतालको आईसीयुमा भर्ना भएका थिए । उनको आज बिहान ८ः३० बजे मृत्यु भएको हो । उनको स्वाव परीक्षणको रिपोर्ट बिहान ११ बजे पोजेटिभ आएको डा सिंहको भनाइ छ ।



    यस्तै अर्का ६५ वर्षीय पुरुषमा पनि ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या थियो । उनलाई आज बिहान साढे ३ बजे अस्पताल भर्ना गरिएमा बिहान करिब साढे आठ बजे मृत्यु भएको डा. सिंहले बताए । ती पुरुषको पनि मृत्युपछि नै कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको डा सिंहले बताए । अस्पतालले उनीहरु दुबैजनाको कोरोनाले मृत्यु भएको पुष्टि गरेपनि स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी रहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार