Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडाैं रेफर गरिएका धनुषाका एकजना कोरोना संक्रमितको मृत्यु

    काठमाडाैं रेफर गरिएका धनुषाका एकजना कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ३० साउन २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । नेपालमा थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा धनुषाको जनकनन्दनी गाउँपालिका-४ का ५० वर्षीय पुरुष रहेका छन् ।

    श्वास प्रश्वासमा समस्या देखिएका ती पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो । तर, यहाँबाट बिहीबार काठमाडौं रेफर गर्दा बाटोमै उनको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ प्रशासक विजय झाले जानकारी दिए । उनलाई बिहीबार दिउँसो १ बजे रेफर गरेको र ३ बजे नै मृत्यु भएको झाले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार