Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ट्रम्पले भने- कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्छ

    ट्रम्पले भने- कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्छ

    अनलाइन नेपाल
  • आइतबार, ३२ साउन २०७७
  • 1.9K
    SHARES

    वासिङटन । कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने विश्वास अमेरिकाले व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास शुक्रबार व्यक्त गरेका हुन् ।

    ‘मलाई रुसले बनाएको भनिएको खोपबारे धेरै थाहा छैन । तर, त्यो प्रभावकारी, उपयोगी हुन्छ र त्यसले काम गर्छ भन्ने मलाई विश्वास छ’, उनले भने । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा उनले रुसी खोपबारे सकारात्मक प्रतिक्रिया जनाएका हुन् । कोरोना भाइरसविरुद्धको खोप तयार पार्न रुस विश्वको पहिलो राष्ट्र हुने पनि उनको भनाइ थियो ।



    ‘मलाई जानकारी भएसम्म कोरोना भाइरसविरुद्धको खोप तयार पार्नेमा रुस विश्वकै पहिलो मुलुक भएको छ । यो दर्ता भइसकेको पनि मैले थाहा पाएको छु’, उनले भने । उनले चाँडै ठूलो मात्रामा सो खोपको उत्पादन र प्रयोग हुन थाल्ने विश्वास पनि व्यक्त गरे ।



    आधारभूत प्रक्रिया पूरा गर्ने र परीक्षण सबै सफल भएपछि आधिकारिक निकायले त्यसको प्रयोगका लागि स्वीकृति दिने उनको भनाइ थियो । उनले अमेरिकामा पनि केही वैज्ञानिकले तीनवटा खोप परीक्षण गरिरहेको र त्यो अहिले तेस्रो चरणमा पुगेको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार