Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोशी अस्पताल विराटनगरमा ४७ वर्षका कोरोना संक्रमितको मृत्यु

    कोशी अस्पताल विराटनगरमा ४७ वर्षका कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १ भाद्र २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । कोशी अस्पताल विराटनगरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार भर्ना भएका विराटनगर महानगरपालिका-८ मधुमाराका ४७ वर्षका पुरुषको उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

    स्वास्थ्यमा समस्या देखिएपछि आफन्तले उनलाई आइतबार कोशी अस्पताल ल्याएका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालले आइसोलेसनमा राखेर स्वाब संकलन गरेको थियो । सोमबार बेलुका करिब साढे ५ बजे उनको मृत्यु भएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा सोमबार दिउँसो उनमा कोरोना पोजेटिभ देखिएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार