Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हुण्डी काराेबारमा संलग्न व्यक्ति ३ लाख रुपैयाँसहित पक्राउ

पर्सा । स्रोत नखुलेको तीन लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पर्साकाे छिपहरमाई गाउँपालिका-२ चरगाहा बस्ने ३५ वर्षीय सतेन्द्र साह गुप्ता स्रोत नखुलेको रकम सहित पक्राउ परेका प्रहरीले जनाएकाे छ ।

हुण्डीको रकमसहित गुप्तालाई पक्राउ गरेको प्रहरीले दाबी गरेकाे छ । अवैध वित्तीय कारोबार(हुण्डी)को रकम लिएर आउँदै गरेको छ भन्ने सूचनाको आधारमा प्रहरी चौकी टिहुकीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो ।

ना.६५ प १७८१ नम्बरको मोटरसाइकलमा आउँदै गरेको अवस्थामा प्रहरीले उनलाई साउन ३२ गते बिहान १० बजे चरगाहाबाट नियन्त्रणमा लिएको थियो । उनको साथबाट स्रोत खुल्न नसकेको ३ लाख ८ सय ५० रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077