Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • हुण्डी काराेबारमा संलग्न व्यक्ति ३ लाख रुपैयाँसहित पक्राउ

    हुण्डी काराेबारमा संलग्न व्यक्ति ३ लाख रुपैयाँसहित पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १ भाद्र २०७७
  • 3.5K
    SHARES

    फाइल तस्विर

    पर्सा । स्रोत नखुलेको तीन लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पर्साकाे छिपहरमाई गाउँपालिका-२ चरगाहा बस्ने ३५ वर्षीय सतेन्द्र साह गुप्ता स्रोत नखुलेको रकम सहित पक्राउ परेका प्रहरीले जनाएकाे छ ।

    हुण्डीको रकमसहित गुप्तालाई पक्राउ गरेको प्रहरीले दाबी गरेकाे छ । अवैध वित्तीय कारोबार(हुण्डी)को रकम लिएर आउँदै गरेको छ भन्ने सूचनाको आधारमा प्रहरी चौकी टिहुकीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो ।



    ना.६५ प १७८१ नम्बरको मोटरसाइकलमा आउँदै गरेको अवस्थामा प्रहरीले उनलाई साउन ३२ गते बिहान १० बजे चरगाहाबाट नियन्त्रणमा लिएको थियो । उनको साथबाट स्रोत खुल्न नसकेको ३ लाख ८ सय ५० रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार