Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • व्यवस्थापनमा कठिनाई हुने देखिएपछि उद्धार उडान स्थगित

    व्यवस्थापनमा कठिनाई हुने देखिएपछि उद्धार उडान स्थगित

    अनलाइन नेपाल
  • सोमबार, १ भाद्र २०७७
  • 5.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले उद्धार उडान स्थगित गर्ने निर्णय गरेको छ । विदेशबाट फर्किएका नेपालीलाई सम्बन्धित जिल्लामा व्यवस्थापन गर्न कठिनाई हुने भन्दै सरकार तत्काल उद्धार उडान स्थगित गर्ने निर्णयमा पुगेकाे हाे ।

    विदेशबाट दैनिक ५ सयको संख्या नबढाइ उद्धार उडानबाट नेपाली ल्याउने निर्णय गरे पनि ४१ भन्दा बढी जिल्लामा भएका अनेकखाले प्रतिबन्धले सम्बन्धित ठाउँमा पठाउन गारो हुने भएपछि उद्धार उडान स्थगित गरिएको नागरिक उड्ययन प्राधिकरण स्रोतले जनाएको छ ।



    पछिल्ला दिनमा काेराेना संक्रमित बढेसँगै विभिन्न जिल्लामा कतै निषेधाज्ञा कतै लकडाउन र सिल नै गरिएपछि विदेशबाट ल्याइएको व्यवस्थापनमा समस्या हुने सरकारको विश्लेषण छ । उद्धार उडान रोक्ने सरकारको निर्णयसँगै विभिन्न वायुसेवा कम्पनीले गर्ने भनिएको उद्धार उडान अर्को सूचना नभएसम्मका लागि रद्द भएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार