Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ नेपाली काठमाडौँ आइपुगे

    अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ नेपाली काठमाडौँ आइपुगे

    अनलाइन नेपाल
  • बुधबार, २ भाद्र २०७८
  • 2.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ। अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ नेपाली आज बिहान स्वदेश फर्किएका छन् । उनीहरु आज बिहान ९ः१५ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

    अफगानिस्तानबाट लण्डन पुर्याइएका उनीहरुलाई त्यहाँबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट आज बिहान काठमाडौँ ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । “’होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाइने छ’ प्रवक्ता क्षेत्रीले भने।



    मङ्गलबार दुई चरणमा गरी २०५ जनालाई काठमाडौँ ल्याइएको थियो । जजिरा एयरलाइन्सको चार्टर्ड विमानबाट दिउँसो ११८ र राति ८७ नेपाली स्वदेश फर्किएका थिए ।



    अफगानिस्तानमा तालिवानले सत्ता आफ्नो हातमा लिएसँगै असुरक्षाका कारण त्यहाँ रहेका नेपालीहरुलाई स्वदेश फर्काउने कार्य भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार