Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • छात्रालाई विद्यालय जान दिन तालिवान सरकारसँग माग

    छात्रालाई विद्यालय जान दिन तालिवान सरकारसँग माग

    अनलाइन नेपाल
  • मंगलबार, १५ चैत्र २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । छात्रालाई विद्यालय जान पाउने व्यवस्था गर्न युरोपेली संघले अफगानिस्तानको तालिवान सरकारसँग माग गरेको छ ।

    महिलालाई विद्यालय जान दिने तालिवान सरकारको यसअघिको निर्णय तत्काल कार्यान्वयन गर्न माग पनि संघले गरेको छ ।



    तालिवान सरकारले यही मार्च २३ देखि छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेकोमा निर्णय कार्यान्वयन हुनु केही घण्टा अगाडि निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको थियो ।



    छात्रालाई विद्यालय जान दिने तालिवान सरकारको निर्णयबाट खुशी भएकाहरू अहिले निराश भएका छन् । उनीहरूले निर्णय कार्यान्वयन गर्न माग गर्दै विद्यालय जान पाउनु महिलाको आधारभूत अधिकार भएकाले मानवअधिकार नखोस्न आग्रह गरेका छन् ।

    अफगानिस्तानमा तत्कालीन विद्रोहीले सत्ता कब्जा गरेदेखि नै महिलालाई विद्यालय, रोजगरी र सार्वजनिक स्थलमा जान नदिने नीति लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार