Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नर्वेद्वारा तालिवान सरकारलाई मान्यता दिन अस्वीकार

    नर्वेद्वारा तालिवान सरकारलाई मान्यता दिन अस्वीकार

    अनलाइन नेपाल
  • आइतबार, ८ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    एजेन्सी । नर्वेली विदेशमन्त्री एनिकेन हुइटफेल्डले शनिबार ओस्लोले आतङ्कवादको लागि संयुक्त राष्ट्रसंघ प्रतिबन्ध अन्तर्गत रहेको तालिबानलाई मान्यता दिनेबारे कुनै सोच नरहेको स्पष्ट पारेका छन्।

    विदेशमन्त्री हुइटफेल्डले म्युनिख सुरक्षा सम्मेलनमा ‘अफगान परकम्पहरू: एशेजबाट एशेज सम्म ?’ हामी [तालिबान] लाई मान्यता दिन अनिच्छुक छौं र त्यसो गर्दैनौं,’ भन्ने धारणा राखेको स्पुतनिक समाचार एजेन्सीले उल्लेख गरेको छ।



    अफगानिस्तानमा तालिबानको सत्ताआरोहण अगस्टको मध्यमा भएको थियो जसले आर्थिक अव्यवस्था र गम्भीर मानवीय सङ्कट निम्त्याएको छ। सेप्टेम्बरको शुरुमा, तालिबान नेतृत्वले पहिलो तालिबान सरकारका प्रमुख सदस्य मोहम्मद हसन अखुन्दको नेतृत्वमा अन्तरिम सरकार गठनको घोषणा गरेको थियो ।



    अफगानिस्तानको इस्लामिक इमिरेट्सको पुनर्स्थापनाको घोषणा डिसेम्बरमा गरिएको थियो तर अझै पनि त्यसले अत्यन्तै आवश्यक अन्तरराष्ट्रिय मान्यता प्राप्त गर्न सकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार