Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • महिलाको प्रदर्शनमा तालिवान लडाकुले गरे हवाई फायर

    महिलाको प्रदर्शनमा तालिवान लडाकुले गरे हवाई फायर

    अनलाइन नेपाल
  • शनिबार, २८ साउन २०७९
  • 1K
    SHARES

    एजेन्सी । तालिवान सत्ताको विरोधमा अफगानिस्तानको राजधानी काबुलमा अफगान महिलाहरुले विशाल प्रदर्शन गरेका छन् ।

    महिला प्रदर्शनकारीलाई तितरबितर पार्न तालिबान लडाकुहरुले शनिबार हवाई फायर गरेका छन् ।



    ‘रोटी, काम र स्वतन्त्रता’ भन्दै महिलाहरु काबुलको शिक्षा मन्त्रालयको भवन अगाडि प्रदर्शनमा उत्रिएका थिए । महिलालाई तालिबान लडाकुहरुले कुटपिटसमेत गरेका थिए ।



    तालिबानले सत्तापलट गरेको वार्षिकीको पूर्वसन्ध्यामा महिलाले प्रदर्शन गरेका थिए । तालिबानले १५ अगस्टमा अफगान सत्ता कब्जा गरेका थिए । त्यसयता उनीहरुले महिलाहरुका अधिकार कटौती गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार