Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

प्रेस काउन्सिलको कार्यबाहक अध्यक्षमा पत्रकार दुर्गा भण्डारी,अरु के-के निर्णय भए ?

काठमाडौं। मन्त्रिपरिषदको आज बसेको बैठकले प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्षमा पत्रकार दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सरकारले कार्यवाहक अध्यक्ष  किशोर श्रेष्ठलाई हटाएर भण्डारीलाई जिम्मेवारी दिएको स्रोतले वतायो। काउन्सिलको नियमावली संशोधन गरेर केही दिनअघि मात्र नियुक्त भएकी भण्डारीलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै, परराष्ट्र मन्त्रालयका सहसचिव तापस अधिकारी, गेहेन्द्र राजभण्डारी, रामकाजी खड्कालाई राजदूतमा सिफारिस गर्ने निर्णय भएको छ ।  बैठकले युवा तथा साना स्वरोजगार कोषको उपाध्यक्षमा डा. कल्याण रोकालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077