Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • काठमाडौंमा भाेलि रातीबाट एक साता निषेधाज्ञा, सवारीसाधन चलाउन नपाइने

    काठमाडौंमा भाेलि रातीबाट एक साता निषेधाज्ञा, सवारीसाधन चलाउन नपाइने

    अनलाइन नेपाल
  • मंगलबार, २ भाद्र २०७७
  • 4.4K
    SHARES

    काठमाडाैं । काठमाडाैं उपत्यकामा भाेलि मध्यरातबाट लागू हुने गरी एक सातासम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।

    मंगलबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठकले काठमाडाैं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि एकसाता निषेधाज्ञा गर्ने निर्णय गरेकाे हाे ।



    जारी गरिएकाे निषेधाज्ञा भदौ ३ गते बुधबार राति १२ बजेदेखि लागू हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ  । आजमात्रै उपत्यकामा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।



    नजिकिँदै गरेका तीजलगायतका चार्डपर्वमा हुने आवतजावतले झनै काेराेनाकाे संक्रमण बढाउन सक्ने भएकाले निषेधाज्ञाकाे निर्णयमा प्रशासन पुगेकाे हाे ।

    निषेधाज्ञामा यातायात पूर्ण रुपमा बन्द हुने , अरु के- के बन्द हुन्छ?  हेर्नुहोस् सूचना 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार