Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोरोना संक्रमितका लागि २० प्रतिशत बेड नछुट्याए पीसीआर अनुमति खारेज गरिने

काठमाडाैं । निजी अस्पतालहरुले कोरोना भाइरस संक्रमितका उपचारका लागि २० प्रतिशत बेड नछुट्याए पीसीआर परीक्षणका लागि दिइएको अनुमति खारेज गरिने सरकारले चेतावनी दिएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बुधबार आयोजित कोभिड १९ नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मेडिकल कलेजले एक तिहाइ बेड कोरोनाको उपचारका लागि छुट्याए उनीहरुले पीसीआर परीक्षणका लागि अनुमति पाउने पनि जानकारी गराए ।

केही समयअघि मन्त्रालयले कोभिड उपचारका लागि हरेक अस्पतालले २० प्रतिशत बेड र मेडिकल कलेजले एक तिहाइ आइसोलेसन बेड छुट्याउन निर्देशन दिएको थियो । प्रवक्ता गौतमले निजी अस्पतालहरुले कोरोना संक्रमितको उपचार गर्दिनँ भन्न नपाउने बताए । उनले भने, ‘आउने एक दुई वर्षमा कुनै पनि उपचार गर्ने अस्पतालले कोभिड बाहेकको मात्र उपचार गर्ने सम्भव छैन । जचाउन आउने ननकोभिड बिरामी पनि कोभिड संक्रमित हुन सक्छन् । त्यतिबेला अस्पतालले तुरुन्त रिफर गर्न सम्भावना कम हुन्छ ।’

डा गौतमका अनुसार अब सरकारी अस्पताल भरिभराउ हुने सम्भवाना छ । निजीले उपचार गर्दिनँ भन्न मिल्दैन । यो उनीहरुको जिम्मेवारी तथा बाध्यता हो । संक्रमण फैलिन्छ भन्ने कुरा छ तर अब अस्पताल नै बन्द गर्ने त? उनले हब अस्पताल पनि भर्दा कोरोनाको बिरामी आफैं उपचार गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077