Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कैलालीमा भदौ १४ गतेसम्म निषेधाज्ञा, सवारी साधन र व्यापार व्यवसाय बन्द

    कैलालीमा भदौ १४ गतेसम्म निषेधाज्ञा, सवारी साधन र व्यापार व्यवसाय बन्द

    अनलाइन नेपाल
  • बुधबार, ३ भाद्र २०७७
  • 3.8K
    SHARES

    काठमाडाैं । कैलालीमा बिहीबार राति १२ बजेदेखि लागू हुने गरी भदौ १४ गतेसम्म निषेधाज्ञा गरिएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामलाई थप प्रभावकारी बनाउन निषेधाज्ञा जारी गर्नु परेको स्थानीय प्रशासनले जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराको अध्यक्षतामा जिल्ला संकट व्यवस्थापन समितिको बुधबार बसेको बैठकले यो निर्णय गरेको हो । उनका अनुसार निषेधाज्ञा जारी गरेको अवधिमा सरकारी तथा निजी सवारी साधन, व्यापार व्यवसाय बन्द रहने छन् ।



    खाद्यान्न, दूध, तरकारी, औषधि पसल, अस्पताल लगायतका अत्यावश्यक सेवाहरुलाई खोल्न दिइने छ । संक्रमण बढ्दै गएकाले निषधाज्ञा जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी बोहाराले बताएका छन् । कैलालीमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ३७३ पुगेको छ । ती मध्ये १ हजार १७३ जना निको भएर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट ४ जनाको मृत्यु भइसकेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार