Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अबैध हतियार बोकेर हिंडेका दुई जना अपराध महाशाखाको फन्दामा

काठमाडौं। महानगरिय अपराध महाशाखाले अबैध हतियारसहित दुई जनालाई पक्राउ गरेको छ।

हातहतियार ओसारपसार तथा कारोबार हुँदै छ भन्ने विशेष सूचनाका आधारमा पिछा गर्दै गएको महाशाखाको टोलीले बालाजु माछापोखरीबाट नुवाकोटका बिकेश पण्डितलाई मेड इन युएस लेखेको दुई थान पेस्तोल, दुइ थान म्यागजिन र १० राउन्ड गोलीसहित पक्राउ गरेको हो।

उक्त हतियार डाँका मुद्दामा सजाय काटेर निस्केका अमर तामाङले पण्डितलाई राख्न दिएको समेत खुलेको छ। पक्राउ परेका पण्डितसँगको प्रारम्भिक सोधपुछका क्रममा उक्त हतियार ओसारपसार गराउन लगाउने तामाङलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ।

पण्डित शिखरबेसी–६ नुवाकोट र तामाङ लिपु गाउँपालिका–१ नुवाकोटका स्थायी बासिन्दा रहेको खुलेको छ ।

पण्डितलाई महाशाखाका एसपी होबिन्द्र बोगटीको टोलीले माछापोखरीबाट पक्राउ गरेको हो भने तामाङलाई महाशाखाका इन्स्पेक्टर भोला भट्टको टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटसँग समन्वय गरी तामाङको घरैबाट पक्राउ गरेको हो ।

प्रहरीको अनुसन्धानका क्रममा तामाङ डाँका मुद्दामा ६ वर्ष २ महिना कैद सजाय भुक्तान गरी गत फागुन १२ गते थुनामुक्त भएको खुलेको छ । यता तामाङले भने लागूऔषध मुद्दामा सजाय भोगिरहेका धादिङ खाल्टे घर भएका राजकुमार गुरुङले बालाजु एरियामा लुकाई राखेको हतियार आफूले लिएकाे बयान दिएका छन् ।

यस सम्बन्धमा थप अनुशन्धान भईरहेको महाशाखा प्रमुख एसएसपी दिपक थापाले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077