Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निषेधाज्ञामा रेमिट्यान्स कारोबार सञ्चालन हुने

काठमाडौं । निषेधाज्ञाको समयमा विप्रेषण (रेमिट्यान्स) कारोबार नियमित रूपमा सञ्चालनमा आउने भएकाे छ ।

नेपाल राष्ट्र बैङ्कले सबै रेमिट्यान्स कम्पनीलाई परिपत्र गर्दै स्थानीय प्रशासनको निषेधाज्ञालाई परिपालना हुनेगरी कारोबार सूचारु राख्न निर्देशन दिएसँगै त्यस्ता कम्पनीहरुले समेत आफ्नो कारोबार बन्द गर्न नपाउने भएका हुन् । शुक्रबार राष्ट्र बैङ्क विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले त्यस्तो परिपत्र जारी गरेका हुन् ।

परिपत्रमा विदेशमा कार्यरत नेपाली नागरिकले नेपाल पठाएको विप्रेषण उनीहरुका आफन्तलाई भुक्तानी गर्न नसक्दा विप्रेषणबाट घरव्यवहार चलाउनुपर्ने नागरिकलाई अप्ठ्यारो पर्नसक्ने देखिएकोले निषेधाज्ञा आदेश अवधिभर विष्रेषणसम्बन्धी सेवा उपलब्ध गराउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077