Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरे कानूनी कारबाही गर्ने सरकारकाे चेतावनी

    स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरे कानूनी कारबाही गर्ने सरकारकाे चेतावनी

    अनलाइन नेपाल
  • आइतबार, ७ भाद्र २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने व्यक्तिलाई कानूनी कठघरामा ल्याइने चेतावनी दिएकाे छ । दिनरात नभनी बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मी माथि दुर्व्यवहार गर्ने व्यक्तिलाई कानूनी कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिवद्धता जनाएको हो ।

    साउन ३० गते चितवनस्थित बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा विश्वबन्धु बगालेको घरमा कोरोना संक्रमित भन्दै केही व्यक्ति ब्यानर टाँस्न पुगेको थिए । यस्तै, शनिबार बिहान सिभिल अस्पतालका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको ठाउँमा स्थानीयहरुले हुल हुज्जत गरेका थिए ।



    उनीहरु सबैलाई कारबाहीका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई सूचना गरिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । दोषि सबैलाई कानूनी कारबाही हुने मन्त्रालयले प्रतिवद्धता जनाएको छ । स्वास्थ्यकर्मीलाई यस किसिमको दुव्र्यवहार नगर्न मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार