Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • माइतीघरमा आन्दोलनरत चिकित्सक र प्रहरीबीच धकेलाधकेल

    माइतीघरमा आन्दोलनरत चिकित्सक र प्रहरीबीच धकेलाधकेल

    अनलाइन नेपाल
  • मंगलबार, ९ असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा माग्दै चिकित्सकहरू प्रदर्शनमा उत्रिएका छन्।

    मंगलबार काठमाडौंको माइतीघर मण्डलमा चिकित्सकहरूले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनरत चिकित्सक, स्वास्थ्यकर्मी र प्रहरीबीच धकेलाधकेल भएको छ ।



    पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात भएको विरोधमा चिकित्सकहरूले माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला उनीहरुबीच धकेलाधकेल भएको हो ।



    उनीहरूले कुटाइ खाने कहिलेसम्म ?, डाक्टर कुट्न पाइँदैन, पेशा छोडौं कि देश छोडौं ?, स्वास्थ्यकर्मीहरूको सुरक्षाको ग्यारेन्टी गर्, नेताले गफ चुट्ने, बिरामीले डाक्टर कुट्नेलगायत लेखिएका प्लेकार्ड बोकेका छन् ।

    माइतीघरमा विरोध प्रदर्शन गर्दै उनीहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा समेत मागेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार