Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • चिकित्सकहरुले मानेनन् सरकारको निर्णय, आज पनि माइतीघरमा प्रदर्शन

    चिकित्सकहरुले मानेनन् सरकारको निर्णय, आज पनि माइतीघरमा प्रदर्शन

    अनलाइन नेपाल
  • बिहिबार, ११ असोज २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । स्वास्थ्यकर्मीको सुरक्षा प्रत्याभूति गर्नुपर्ने भन्दै चिकित्सकहरुले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।

    कार्यस्थलमा सुरक्षाको माग गर्दै उनीहरुले नयाँबानेश्वर–माइतीघर सडकखण्डमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले स्वास्थ्यकर्मी कुट्न पाइदै,शान्ति सुरक्षा कायम गर लगायका नारा लगाएका थिए ।



    देशका सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधन सहित)ले गरेको कसूर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था लागू गर्नुपर्ने उनीहरूको माग छ ।



    यसअघि मंगलबार गृहमन्त्रालयमा सरकार र आन्दोलित चिकित्सकका प्रतिनिधिहरूबीच दुई बुँदे सहमति भएको थियो।

    अस्पतालहरुमा चिकित्सकहरुमाथि हातपात हुन थालेपछि आवासीय चिकित्सकहले केही दिनयता काठमाडौंमा विरोध प्रदर्शन गर्दै आएका छन् ।

    बीच सडकमै विरोध प्रदर्शन गर्दा यातायात आवागमन प्रभावित हुने गरेको छ । डाक्टरहरूले सहकर्मीमाथि कुटपिट गर्नेमाथि कारबाही नभएसम्म र निर्धक्कसाथ बिरामीको उपचार गर्न पाउने अवस्था नबनेसम्म आन्दोलन नरोक्ने अडान राखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार