Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • स्वास्थ्यकर्मीलाई जोखिम भत्ता र बिमाको व्यवस्था गर्न माग

    स्वास्थ्यकर्मीलाई जोखिम भत्ता र बिमाको व्यवस्था गर्न माग

    अनलाइन नेपाल
  • सोमबार, ३ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालले कोरोना महामारीले मानवीय क्षति झन् बढ्न सक्ने आशङ्का व्यक्त गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) का विभिन्न प्रजातिका भाइरस देखा परि संक्रमणको जटिलता र मानवीय क्षति झन् बढ्न आशङ्का कायम गरेको संघले जनाएको छ ।

    स्वास्थ्यकर्मी संघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै महामारीको समयमा स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न माग गर्दै १३ बुँदे कार्यहरू कार्यान्वयन गर्न माग गरेको छ ।



    संघले अस्पताल र स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मीहरूको सङ्क्रमित भएर सेवा प्रभावित बनिरहेकाले कोभिडसँग सम्बन्धित सेवा तथा अन्य स्वास्थ्य सेवालाई कसरी व्यवस्थित गर्ने विषयमा सरकारको ध्यान त्यति नपुगेको भन्दै जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।



    संघले १३ बुँदे कार्यहरू तत्काल कार्यान्वयन गर्न माग गर्दै सङ्क्रमित स्वास्थ्यकर्मीका लागि व्यवस्थित आइसोलेसनको व्यवस्था गर्न, स्वास्थ्यकर्मीको निःशुल्क औषधी उपचार र बिमाको व्यवस्था गर्नुपर्ने माग राखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार