Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतमा बसेर नेपालमा हातहतियार र लागुऔषध कारोबार, मुख्य नाइके बग्गा पक्राउ

    भारतमा बसेर नेपालमा हातहतियार र लागुऔषध कारोबार, मुख्य नाइके बग्गा पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ७ भाद्र २०७७
  • 3.2K
    SHARES

    काठमाडाैं । प्रहरीले हातहतियार खरखजना तथा लागुऔषध मुद्दाका फरार प्रतिवादीलाइ पक्राउ गरेकाे छ । भारत बिहार बस्ने ३९ वर्षका बग्गा भन्ने प्रदीप यादवलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

    यादवलाई विराटनगर महानगरपालिका १६ दरैयाबाट लागुऔषध १५ बोतल डाइलेक्स डिसी, ५० चक्की नाइट्रोसन र ५१ चक्की नाइट्राभेटसहित शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ । यादव भारतमा बसी नेपालको १ नम्बर र २ नम्बर प्रदेशका जिल्लामा अवैधरुपमा हातहतियार तथा लागुऔषधको कारोबार सञ्जाल विस्तार गरी आपराधिक कार्य गर्ने गिरोहका मुख्य नाइके रहेको खुल्न आएको छ ।



    यादवले २०७५ मङ्सिर ३ गते उदयपुरको उदयपुरगढी गाँउपालिका १९ का मन्दीप तामाङलाई ‘मेड इन यूएसए’ लेखेको अटोमेटिक पेस्तोल र चार थान गोली सुनसरीको इटहरी उपमहानगरपालिका १२ खनार बस्ने ३५ वर्षीय सुशील कुमार साहुलाई दिन भनी भारतबाट अवैध हातहतियार नेपालतर्फ पठाएका थिए । मन्दीप र सुशीललाई विराटनगर महानगरपालिका १६ को विराटनगर हुलास मेटल चोकबाट प्रहरीले पक्राउ गरी हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाएको र ती हातहतियार नेपालतर्फ पठाउने गिरोहका मुख्य नाइके यादव रहेको खुल्न आएको थियो ।



    यसैगरी २०७५ मङ्सिर ८ गते उनले विराटनगर महानगरपालिका १६ बस्ने २२ वर्षीय विद्यानन्द मण्डल र २० वर्षीय अनुप गिरीलाई तीन सय ८० एम्पुल विभिन्न नियन्त्रित लागुऔषध, एक सय पाँच ग्राम एक सय १० मिलीग्राम ब्राउन सुगर शरीरमा टेपले बाँधी, कटुवा पेस्तोल र दुई राउण्ड गोलीसमेत विराटनगरको बसपार्कमा सुनसरी धरान उपमहानगरपालिका घर भइ ललितपुरको ललितपुर महानगरपालिका ४ एकान्तकुनामा डेरा गरी बस्ने ४१ वर्षीय रुपम राईले पाउने गरी दिइ पठाएका थिए ।

    यो घटनामा संलग्न तीन जनालाई प्रहरीले विराटनगर महानगरपालिका ११ को बसपार्कबाट पक्राउ गरी लागुऔषध तथा हातहतियार खरखजना मुद्दा चलाएकोमा हातहतियार र लागुऔषध नेपालतर्फ पठाउने गिरोहको मुख्य नाइके समेत यादव रहेको खुल्न आएको थियो । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार