Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

तरुण दलले भन्याे - स्वास्थ्यकर्मीले हाम्रै ज्यान बचाउने हुन्, दुर्व्यवहार नगरौँ

काठमाडौं । नेपाल तरुण दलले स्वास्थ्यकर्मीले हाम्रै ज्यान बचाउने हुनाले दुर्व्यवहार नगर्ने तर्फ सचेत हुनुपर्ने जरूरी रहेकाे बताएकाे छ। कोरोना महामारीका बेला अग्रपंक्तिमा रहेर सेवा दिँदै आएका स्वास्थ्यकर्मीहरूप्रति दुर्व्यवहार, अपहेलना, आक्रमण भएको भन्दै गम्भीर ध्यानाकषर्ण भएको समेत जारी विज्ञप्ति उल्लेख छ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सोमबार बिहान विज्ञप्ति जारी गरेर स्वास्थ्यकर्मी र चिकित्सकहरूमाथि हुने कुनै पनि प्रकारको दुर्व्यवहारको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।

‘विगत केहि दिनदेखि लगातार रुपमा देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मी लगायत समाजको अग्रपंक्तिमा उभिएर सेवा प्रदान गर्ने पेशा, समुदायलाई हुँदै आएको दुर्व्यवहार अपहेलाना र आक्रमणप्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिा भनिएको छ ।

‘त्यसैले यस्तो अमानवीय व्यवहारमा संलग्न जोसुकै होस कारवाहीको दायरामा ल्याउन र अग्रपंक्तिमा रहेका सेवाकर्मीको मनोबल वृद्धि हुने कार्य अघि बढाउनका निम्ति सरकार समक्ष नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ’, अध्यक्ष बस्नेतले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077