Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • महोत्तरीमा थप २ जना कोरोना संक्रमितको मृत्यु

    महोत्तरीमा थप २ जना कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ९ भाद्र २०७७
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । महोत्तरीमा आज थप दुई जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । महोत्तरीको मनरा सिस्वा नगरपालिका-३ का ७५ बर्षीय एक बृद्ध र बलवा नगरपालिका-३ का ७७ बर्षीय बृद्धको मृत्यु भएको हो ।

    प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार केही दिनअघि मात्रै चितवनको क्यान्सर अस्पतालमा उपचार गरेर फर्किएका ७५ बर्षीय बृद्धको जलेश्वर अस्पतालमा मंगलबार विहान साढे ११ बजे मृत्यु भएको हो । उनलाई चितवनमै हुँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।



    यस्तै, बलबा नगरपालिकाका ७७ वर्षीय बृद्धको जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मंगलबार विहान साढे ११ बजे नै मृत्यु भएको हो । उनी सोमबार साँझ प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार