Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अब निजी मेडिकल कलेजले पनि प्रयोगशाला सञ्चालन गर्न सक्ने

    अब निजी मेडिकल कलेजले पनि प्रयोगशाला सञ्चालन गर्न सक्ने

    अनलाइन नेपाल
  • बुधबार, १० भाद्र २०७७
  • 4.3K
    SHARES

    काठमाडौं । अब निजी मेडिकल कलेजहरूले पनि पीसीआर परीक्षण गर्न प्रयोगशाला संचालन गर्न पाउने भएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधबार निजी मेडिकल कलेजहरुलाई पनि प्रयोगशाला सञ्चालन गर्न अनुमति दिएसँगै निजी मेडिकल कलेजहरूले पनि प्रयाेगशाला सञ्चालन गर्न पाउने भएका हुन ।

    कोभिड (१९) का संक्रमित बिरामीलाई उपचार गर्दै आएका निजी मेडिकल कलेजहरूले प्रयोगशाला स्थापना गर्न पाउनुपर्ने माग गर्दै आएका थिए ।



    पीसीआर परीक्षण गर्ने अनुमतिका लागि निजी मेडिकल कलेजहरुले एक तिहाई बेड कोभिड (१९) का बिरामीलाई छुट्याउनुपर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा. मुकुन्दा शर्माले बताए । पीसीआर परीक्षण गर्ने अनुुमतिका लागि निजी मेडिकल कलेजले कम्तीमा बीस प्रतिशत बेड कोभिडका बिरामीलाई छुट्याउनपर्ने शर्त सरकारको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार