Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोनाबाट एकैदिन ११ जनाकाे मृत्यु, नेपालमा मृतककाे संख्या १७५ पुग्यो

    कोरोनाबाट एकैदिन ११ जनाकाे मृत्यु, नेपालमा मृतककाे संख्या १७५ पुग्यो

    अनलाइन नेपाल
  • बुधबार, १० भाद्र २०७७
  • 3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट एकैदिन ११ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १७५ पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

    बुधवारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दुई महिलासहित थप ११ जनाको मृत्यु भएको जानकारी दिए ।



    मृतकमा मोरङ र भक्तपुरका दुई जना महिला रहेका छन् । कैलालीका २, महोत्तरीका ३, बाँकेका १, काठमाडौंका १ र बाराका २ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुगेको गौतमले बताए ।



    यसैगरी काठमाडौं उपत्यकामा थप ३०१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । भने देशभर पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर संक्रमितको कुल संखया ३४ हजार ४१८ पुगेको गौतमले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार