Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ३३ लाख बराबरको मोबाइल फोन र ब्याट्रीसहित दुई भारतीय पक्राउ 

    ३३ लाख बराबरको मोबाइल फोन र ब्याट्रीसहित दुई भारतीय पक्राउ 

    अनलाइन नेपाल
  • बुधबार, १० भाद्र २०७७
  • 4.6K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडाैं । महानगरीय प्रहरी परिसर काठमाडाैंले ३३ लाख बराबरको सामानसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

    बुधबार बिहान काठमाडौं महानगर-१६ सोल्टीमोडस्थितबाट भारतको राजस्थान घर भएका २१ वर्षीय राकेश कुमार र ५५ वर्षीय वनवारी लाललाई प्रहरीले पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।



    उनीहरूले सोल्टीमोडबाट पोका-पोकामा सामान बोकेर हिँडिरहेका थिए । त्यसैक्रममा प्रहरीलाई शंका लागेपछि सोधपुछ गर्दा अवैध भन्सार चोरी पैठारी गरी ल्याएको ३३ लाख बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ। उनीहरूबाट प्रहरीले मोबाइल फोन, मोबाइलका स्क्रिन, डिस्प्ले बोर्ड, ब्याट्रीलगायत ३३ लाख बराबरका सामान बरामद गरेको हो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार