Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कुलमान घिसिङलाई सरकारले हाेइन, सामाजिक सञ्जालले नियुक्ति दियो : युवराज खतिवडा

काठमाडौं । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशककाे नियुक्ति सरकारले नगरेकाे बताएका छन् । तर सामाजिक सञ्जालले नियुक्ति दिएको उनकाे भनाइ छ ।

बिहीवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री खतिवडाले भने ‘(उहाँलाई) कुलमान घिसिङलाइ  सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन ।

सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन’, उनले जवाफ दिने क्रममा भने, ‘तर मन्त्रिपरिषदमा औपचारिक प्रस्ताव पनि आएको छैन । त्यससम्बन्धि छलफल पनि केही भएको होइन ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077