Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १८३ पुग्यो, आज ८ जनाकाे मृत्यु

    नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १८३ पुग्यो, आज ८ जनाकाे मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ११ भाद्र २०७७
  • 3.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट बिहीवार ८ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १८३ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    बिहीवारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दुई महिलासहित ५ जना महिलासहित थप ८ जनाको मृत्यु भएको जानकारी दिए ।



    प्रवक्ता डा गौतमले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया महिला, कास्कीकी ३२ वर्षीया महिला, रुपन्देहीकी ७० वर्षीया महिला र बाँकेकी ७० वर्षीया महिला रहेकी छिन् ।



    त्यस्तै काठमाडौंका ४८ वर्षीया पुरुष, पर्साका ६२ वर्षीय पुरुष र कपिलवस्तुका ५० वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिए । जुन कुल संक्रमितको ० दशमलव ५२ प्रतिशत हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार