Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आईफाडको ११ अर्ब ६४ करोड रुपैयाँ ऋण स्वीकार गरिने

    आईफाडको ११ अर्ब ६४ करोड रुपैयाँ ऋण स्वीकार गरिने

    अनलाइन नेपाल
  • बिहिबार, ११ भाद्र २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । सरकारले कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईफाड) बाट ११ अर्ब ६४ करोड रुपैयाँ बराबरको सहुलियत पूर्ण ऋण सहायतमा स्वीकार गर्ने भएको छ ।

    मन्‍त्रिपरिषद्‍को भदौ ९ गतेको बैठकका निर्णयहरु सुनाउँदै अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सो ऋण सहायत स्वीकार्न अर्थमन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको जानकारी दिए । सरकारले विद्युतीय माध्यमबाट सञ्चालन गरिने व्यापार (ई–बिजनेस) सम्बन्धी विधेयक तर्जुमा गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई स्वीकृति पनि दिएको छ ।



    श्रीलंकाद्वारा आयोजना हुने २१ औं बिमिस्टेक सिनियर अफिसिअल्स मिटिङमा नेपालको तर्फबाट सहभागी हुन परराष्ट्र सचिवको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधि मण्डल गठन गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ । यस्तै नेपालले भर्चुअल माध्यमबाट आयोजना गर्ने सार्क मन्त्रिपरिषद्को अनौपचारिक बैठकमा परराष्ट्र मन्त्रीको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल गठन गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार