Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • भक्तपुरका दुई जना थुनुवामा कोरोना संक्रमण

    भक्तपुरका दुई जना थुनुवामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, ११ भाद्र २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी वृत्त, ठिमीका दुई जना थुनुवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ठगी मुद्दामा पक्राउ परेका दुई जनामा बिहीवार कोरोना संक्रमण देखिएको छ।

    ‘उनीहरूको केही दिनअघि स्वाब लिइएको थियो,’ वृत्तका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले भने, ‘बिहीवार पोजेटिभ देखिएको हो।’ उनका अनुसार थिमीका स्थानीय ३६ र ३८ वर्षीय पुरूषलाई ठगी मुद्दामा पक्राउ गरिएको थियो।



    उनीहरू साउन २८ र २९ गते पक्राउ परेका थिए। वृत्तको थुनामा उनीहरूसहित सात जना थिए। ‘उनीहरू सात जना एउटै कोठामा राखेका थियौं, आजबाट हामीले छुट्टाएर राखेका छौं,’ डिएसपी कँडेलले भने ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार